कालिकामाई गाउँपालिकाका अध्यक्षको मृत्यु

  • प्रकाशित मिति : April 30, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ।

केहि दिनदेखि कोरोनासँग मिल्दाे जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ।