निषेधाज्ञाको पहिलो दिन १९ सय बढी सवारीसाधन लाई कारबाही

  • प्रकाशित मिति : April 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।त्यसैगरी ३८१वटा साना जिप/कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।