भोजपुर :भोजपुरमा ६७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका-२ का ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
दोर्चीले ती महिलालाई सोमबार साँझ बलात्कार गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।