हालसम्म पुर्णरुपमा निषेधाज्ञा जारी भएका जिल्लाहरू

  • प्रकाशित मिति : April 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारले  विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ। ​

गृह मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ। अधिकांश जिल्लाले वैशाख महिना भर निषेधाज्ञा जारी गरेका छन्। संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ।भने हालसम्म निधेधाज्ञा जारी गरेका प्रदेश मध्ये प्रदेश १ का कुनै पनि जिल्लामा निषेधाज्ञा जारी भएको छैन्।

गृहमन्त्रलायले हाल १३ वटा पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्। आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ, कालिकोट, बर्दिया रहेको मन्त्रलायले जानकारी दिएकोछ।