लाइसेन्स का लागि अनलाइन आवेदन बन्द

  • प्रकाशित मिति : April 27, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।