उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने

  • प्रकाशित मिति : April 27, 2021
  • sthaniyasarkar.com

 काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।

सोमबार(हिजाे) जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले हिजाे बसेकाे संयुक्त बैठकमा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म काठमाडाैँ ,भक्तपुर ,ललितपुर तीनै जिल्लामा जारी हुने गरी एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेकाे थियाे ।तर सरकारले भने अझ थप एकसाता लकडाउन गर्ने निर्णय गरेको छ।