कांग्रेस सभापति देउवाको सरकारलाई कोरोना संकट समाधानमा लाग्न आग्रह

  • प्रकाशित मिति : April 27, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘यस अवस्थामा परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु । साथै संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु।’
देउवाले कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताउँदै यसतर्फ सरकार समयमै गम्भीर नहुनाले खोपको समूचित व्यवस्थापन हुन नसकेको टिप्पणी गरेका छन् ।