सरकारको देशभरका विद्यालय बन्द गर्ने निर्णय

  • प्रकाशित मिति : April 26, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।