१३ गते सोमबार बाट लकडाउन

  • प्रकाशित मिति : April 25, 2021
  • sthaniyasarkar.com

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले १३ गते सोमबार बाट लकडाउन गर्ने भएको छ। कार्यालयले आज एक सूचना जारी गरी कोरोना संक्रमण न्यूनीकरण गर्न सोमबार राति १२ बजेदेखि वैशाख २० गते रातिसम्म लकडाउन गर्ने जानकारी दिएको हो।

सूचनाअनुसार अत्यावश्यक साधनबाहेक अन्य साधन सञ्चालन गर्न पाइने छैन। त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर नजान पनि सूचनामा उल्लेख छ।