धनगढी : नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार एक समूहले तोडफोड गरेका छन् ।
कांग्रेस टीकापुरको नगर कार्यसमितिको बैठक चलिरहेका बेला उक्त समूहले निर्णय पुस्तिका च्यातेर कार्यालयमै तोडफोड गरेको हो । कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्न नगर समिति सदस्यसमेत रहेका अँगत बिष्टलगायतलाई अनुशासनको कारबाही गर्ने जनाएको छ ।
नगर समिति सभापति धनराज उपाध्यायले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई अनुशासनको कारबाही गरिने बताएका छन् ।