लकडाउन गर्नै पर्छ :सीसीएमसी

  • प्रकाशित मिति : April 25, 2021
  • sthaniyasarkar.com

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् ।

कोरोना संक्रमणको पछिल्लो अवस्थारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् । तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अवनाउनुपर्ने बताएका हुन् ।ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने उनीहरुले बताए । बैठकमा सहभागी एकमन्त्री भन्छन्, ‘लकडाउन शब्दले कसैले प्रयोग गर्नु भएको छैन । यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

सीसीएमसीका अधिकारीहरुले लामो दुरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।