कोरोना त्रास :२ हजार ५ सय ५९ जना नयाँ संक्रमित,५ जनाको मृत्यु

  • प्रकाशित मिति : April 23, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ सय ४९ जना  र ८ सय ६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १० जना गरी जम्मा  २ हजार ५ सय ५९ जना नयाँ संक्रमित भेटिएका हुन्।

५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म  ३ हजार १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।  भने आज ४ सय १० जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ७५ जना क्वारेन्टाइनमा रहेको र देशभर १४ हजार ७ सय २४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।