माधव केपि टकराव : स्पष्टीकरण संतोषजनक छैन, केपि समुह

  • प्रकाशित मिति : April 23, 2021
  • sthaniyasarkar.com

काठमाडौं : माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।अरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको एक नेताले बताए । यद्यपि एउटै प्रकृतिको आएकाले कतै बसेर निर्णय गरेर लेखेको जस्तो देखिएको उनले बताए ।

सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाएको तथा जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित स्पष्टीकरण दिएको रिपोर्टिङ बैठकमा भएको छ । स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने नेताहरुले बताएका छन् ।

नेताहरुको स्पष्टीकरण र व्यवहार अध्ययन गरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय शुक्रबारको बैठकले गरेको ती नेताले बताए ।