अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता

  • प्रकाशित मिति : April 22, 2021
  • sthaniyasarkar.com

 काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि अहिले भेटवार्ता हुन लागेको हो ।