सुनसरि : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव महिलासहित रङ्गेहात पक्राउ परेका छन्।
सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान-१३ स्थित डुकु होटलमा एक महिलासँग रङ्गेहात पक्राउ परेका हुन्।उनले एक महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारी होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको बताइएको छ ।
तत्कालिन संघिय समाजवादी नेपालबाट निर्वाचित अध्यक्ष महेन्द्र प्रसाद यादव दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।