बाग्लुङमा कोरोनाको जोखिम बड्यो

  • प्रकाशित मिति : April 20, 2021
  • sthaniyasarkar.com

बाग्लुङ । बाग्लुङको बलेवामा ३९ जना कोरोना संक्रमित भेटिएका छन । बलेवामा रहेको एउटै विद्यालय सहित वडामा गरिएको स्वाब परिक्षणमा ३९ जना कोरोना संक्रमित भेटिएका हुन।

विद्यालयका शिक्षकमा संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङले आईतबार संकलन गरेको विद्यालयका शिक्षक ,विद्यार्थीसहित नजिकका ९८ जनाको स्वाब परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्थानीय जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक सहित ३९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका देवप्रकाश घिमिरेका अनुसार आईतबार र सोमबार समेत नियमित सञ्चालन भएको उक्त विद्यालयका शिक्षक र विद्यार्थीसहित ९८ जनाको स्वाब परीक्षण भएको थियो । मंगलबार थपिएसँगै वडामा संक्रमितको सङ्रख्या ४६ पुगेको घिमिरेले बताए । तर, संक्रमण फैलिएको क्षेत्रमा अहिलेसम्म नियन्त्रणको कुनै ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।

पर्वत सदरमुकामसँग झोलुङ्गे पुलमार्फत जोडिएको यो वडामा शनिबार भारतबाट फर्किएका ३ जना र २ जना विद्यालयका शिक्षक सहित ६ जनामा कोरोना संक्रमण भेटिएको थियो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका धेरैको अहिले पनि स्वाब परिक्षण हुन सकेको छैन ।