कोरोनाको जोखिम बढदै गर्दा तत्काल खोप उपलब्ध गराउन कांग्रेसको माग

  • प्रकाशित मिति : April 20, 2021
  • sthaniyasarkar.com

काठमाडौ  :  विश्व भर कोरोनाको माहामारी फैलिदै गर्दा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जनतालाई कोरोनाबाट बचाउन विशेष कार्ययोजना तयार पार्न सरकारसँग माग गरेको छ।

विश्व बजारमा उपलब्ध कोभिड–१९ खोप प्रत्येक जनतालाई उपलब्ध गराउन र जनताको जीवन रक्षका लागि छिटो विशेष कार्ययोजना बनाउन कांग्रेसले सरकारसंग आग्रह गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेकोले हरेक नागरिकलाई खोप दिइनुपर्ने कांग्रेसको माग रहेको छ । सबै नागरिकलाई कोरोनाविरूद्ध खोप दिन  सरकारसँग आग्रह गरेको छ।