काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् । एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।