पिलुचौरमा सामुदायिक हस्पिटलकाे सेवा सुचारू हूदाँ स्थानियकाे खुसिकाे सिमा रहेन

  • प्रकाशित मिति : April 18, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर १ पिलुचौरमा बाजुरा सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टरले सेवा दिन सुरु गरेको छ ।नयाँ वर्ष २०७८ अवसर पारेर २ वैशाखबाट बाजुरा सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टरले सेवा दिन सुरु गरेको हो ।

‘आर्थिक अभावमा उपचार नपाएका निम्न वर्गका नागरिकलाई सस्तो र गुणस्तरीय सेवा दिने उद्देश्यसहित सञ्चालनमा ल्यादा स्थानियकाे खुसिकाे सिमा नै छैन ।दुर्गम ठाउँमा पहिलो पटक हस्पिटल सञ्चालनमा आउँदा स्थानीय खुसी छन् । यसअघि गाउँघरका स्वास्थ्य केन्द्रबाट उपचार लिँदै आएका स्थानीयले जटिल खाले उपचारका लागि नेपालगञ्ज, काठमाडौं, धनगढीलगायत ठाउँ धाउनुपर्ने अवस्था थियो ।

सुदूरपश्चिम प्रदेश सरकार र सामुदायिक हस्पिटल सञ्चालक समितिको आर्थिक सहयोगमा सञ्चालनमा आएको हस्पिटलले बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका जनतालाई समेत सेवा दिनेछ ।

नयाँ वर्ष अवसर पारेर सेवा सञ्चालनमा ल्याएको हस्पिटलले पहिलो दिनमै २० जना बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताए ।प्रदेश सरकारको ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा सामुदायिक हस्पिटल सञ्चालनमा ल्याइएको हस्पिटलका प्रबन्ध निर्देशक भाष्कर शाहीले जानकारी दिए ।

पहिलो पटक ठूलो लगानी र सबै सेवा दिने तयारीका साथ हस्पिटल सञ्चालनमा आउँदा बाजुरालगायत कर्णाली प्रदेशबासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । नागरिकलाई महँगो भाडा तिरेर सुविधासम्पन्न ठाउँमा पैसा खर्चिनुपर्ने बाध्यता हटेको छ ।हस्पिटलबाट ओपिडी, आइपिडी, एक्सरे, ल्याब, परिवार नियोजनसम्बन्धी विभिन्न किसिमका सेवा दिइनेछ । बिरामी ओसारपसारका लागि एम्बुलेसको पनि व्यवस्था भएको सञ्चालक धर्मबहादुर शाहीले जानकारी दिए ।

स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, जगन्नाथ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कर्णबहादुर विष्ट, सामुदायिक हस्पिटलका अध्यक्ष धर्मबहादुर शाही, डा. नरेश उपाध्यायलगायतको उपस्थितिमा हस्पिटल उद्घाटन गरिएको हो ।