बसले ठक्कर दिदा एम्बुलेन्स चालककाे मृत्यु

  • प्रकाशित मिति : April 16, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना शुक्रबार बिहान ३ बजेतिर भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सप्तरीका  प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ। ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।