प्रदेश १ सरकारले जारी गरेकाे सार्वजनिक बिदा विवरण

  • प्रकाशित मिति : April 13, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः प्रदेश नः१ सरकारले बिदाको सूची सार्वजनिक गरेको छ । २०७८ वैशाख १ देखि चैत मसान्तसम्म प्रदेश सरकारले दिने सम्पुर्ण  बिदाहरूको सूची सार्वजनिक गरेको छ ।

प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त गत ९ चैतमा जारी राजपत्रमा दिएका बिदाभन्दा अतिरिक्त प्रदेशभर लागू हुने गरी थप बिदाको सूची सार्वजनिक गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक, पर्व एवं सट्टा बिदाको अतिरिक्त पर्व बिदा थप गरेको जनाएको छ । प्रदेश सरकारको राजपत्रअनुसार अब प्रदेश १ मा संघले दिएको बिदाभन्दा ४ दिन बढी सार्वजनिक बिदा थपिएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल्ल फित्र) का दिन, किरात जातिको उँधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस), धान्य पूर्णिमा ४ पुस, दशैं बिदामा द्वादशीको दिन ३१ असोज र २५ कात्तिक बिहीबारका दिन फाल्गुनन्द जयन्तीका दिन बिदा दिइने प्रदेश सरकारले जनाएको छ ।

२ वैशाख सिरुवा पावनी पर्वका दिन झापा, मोरङ, सुनसरी, उदयपुर जिल्ला र १५ भदौमा राधाकृष्ण रथयात्राको अवसर पारेर झापा, मोरङ, सुनसरी जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइने प्रदेश सरकारले जानकारी दिएको छ ।