विद्यार्थीहरूकाे सहयाेग गर्या महेन्द्रनगर बजार क्षेत्रमा पार्किङ व्यवस्थापन

  • प्रकाशित मिति : April 13, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः  महेन्द्रनगर बजार क्षेत्रमा ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गरेको छ। बजार क्षेत्रका पाँच वटै गल्लीमा पार्किङ व्यवस्थापन गरिरहेको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

पाँच नम्बर गल्ली हुँदै एक नम्बर सम्म दायाँ र बायाँ साइड गरी प्रत्येक दिन स्वंयम सेवक मार्फत पार्किङ व्यवस्थापन गरिरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव राज भट्टले जानकारी दिए।

उनले जनशक्ति अभावमा महेन्द्रनगर स्थित विभिन्न विद्यालयका दैनिक १०–१५ विद्यार्थीहरूको सहायता लिइएको बताए। स्वंयम सेवकका रूपमा विद्यार्थीहरूले दैनिक पार्किङ व्यवस्थापनमा सघाउ पुर्याइरहेका उनले बताए।

यस अघि पार्किङ व्यवस्थापन नहुँदा सडक जाम हुने, आवत–जावतमा धेरै समस्या निम्तिएपछि पार्किङ व्यवस्थापन मार्फत सडक खुकुलो बनाउन खोजिएको र उक्त कामबाट सम्पूर्ण जनतालाइ आवत–जावतमा सहज सगैँ पार्किङ व्यवस्थापन भएकाे उनले बताए।