काठमाडौं : एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो ।
खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो भन्दाबाहिरबाट छुटाउने तयारी छ ।
‘हामीले अरनिको यातायातसहित सम्बद्ध कम्पनीलाई खुलामञ्चबाट उपयुक्त स्थानमा बसपार्क लैजान भनिसकेका छौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘एक हप्ताभित्रै खुलामञ्च सार्वजनिक कार्यक्रम गर्ने मञ्चका रुपमा पुनर्स्थापित गर्छौं ।’ उनका अनुसार खुलामञ्चमा वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ ।
आजको पत्रपत्रिका बाट साभार