काठमाडौं : काठमाडौंको बाँसबारीमा रहेकाे विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ ।
प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो ।
‘भित्र अध्यक्षज्यू र मेरो कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् । दराजहरु खोलिएका छन् । यहाँ भएका कागजातहरु लिएर गएको देखिन्छ’ उनले भनिन् ।ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले बताइन् ।