काठमाडाैँ: गौमुल गाउँपालिका केन्द्र घट्मुनामा भएको जीप दुर्घटनामा परी चार जना घाईते भएका छन् । सदरमुकाम मार्तडीबाट गौमुलकाे मानाकोट जादैं गरेको स १ ज ५८० नम्बरको जीप गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा दुर्घटनामा परेको हो ।
जीप आईतवार अप्रहन्न ४ बजेतिर दुर्घटनामा परेको हो । जीप गुडिरहेको अवस्थामा अनियन्त्रित भएर सडकमै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा परेका चार जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
११ जनायात्रुहरु सवार रहेको जीप एकाएक सडकमा पल्टिएको हो । घाइते हुनेमा गौमुल गाउँपालिका–५ नक्राडाका अन्दाजी ४५ वर्षीया नर बहादुर रोकाया, गौमुल गाउँपालिका–१ दुर्गालीका अन्दाजी २५ वर्षीया सुर्मा रोकाया र बुढीनन्दा नगरपालिका–९ का अन्दाजी २६ वर्षीया बिर्मा रोकाया र सोही वडाका उनका श्रीमान करिब २८ वर्षीया रुद्र रोकाया रहेका छन् ।
घाइते मध्ये बिर्मा रोकाया र नर बहादर रोकाया अवस्था गम्भीर रहेको छ । उनीहरुको घट्मुना स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये दुई जनाको थप उपचारका लागि अन्यन्त्र रिफर गरिने भएको छ । जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।