डढेलोले छाेडेन शिवपुरी राष्ट्रिय निकुञ्जलाइ पनि

  • प्रकाशित मिति : April 11, 2021
  • sthaniyasarkar.com

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण डढेलो सुरु भएको छ। बुढानीलकण्ठ नगरपालिका-१ को तैलुङ भन्ने स्थानबाट लागेको आगो नियन्त्रण गर्ने काठमाडौं महानगर पालिका र बुढानीकण्ठ नगरपालिकाको दुईवटा दमकल प्रयोग गरिएको छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन। डढेलाे बिहान १० बजेदेखि सुरु भएको र  अझै नियन्त्रण नआएको बताएका छन ।

डढेलो लाग्नुको कारण पनि खुल्न नसकेकाे  बताए  छन । हाल डढेलाे शिवपुरी निकुन्जभित्र रहेको र गुम्बातर्फ डढेलो आइरहेको हुँदा गुम्बाभित्र रहेका भिक्षुहरुलाई अहिले सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको नगरप्रमुख खरेलले बताए। स्थानीय, नेपाली सेना‚ नेपाल प्रहरी, नगर प्रहरी, रेडक्रसका सदस्यले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन्।