चिसापानी पुलबाट एक युवक नदीमा हामफाले

  • प्रकाशित मिति : April 11, 2021
  • sthaniyasarkar.com

कैलाली : कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक नदीमा हामफालि बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।

चिसापानीको पुलमा टिकटक बनाउनेको भीड दैनिक भीड लाग्ने गर्छ। तर उनीहरुले भिडियो नबनाएका प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।