सरुमारानी गाउँपालिकाको अभिमुखीकरण तथा स्व-मूल्याङ्कन कार्यशाला सम्पन्न्

  • प्रकाशित मिति : April 9, 2021
  • sthaniyasarkar.com

काठमाडाैँ : सरुमारानी गाउँपालिका गाउँ कार्यपालिकामा “स्थानीय तह संस्थागत क्षमता स्व-मुल्याङ्कन” सम्बन्धी अभिमुखीकरण तथा स्व-मूल्याङ्कन कार्यशाला सम्पन्न् भएको छ ।

सरुमारानी गाउँपालिकाको आयोजना र प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश, नेपालगञ्ज बाँकेको सहयोगमा उक्त कार्यक्रम सरुमारानी गाउँपालिकाको सभाहलमा सम्पन्न् भएको हो। सरुमारानी गाउँपालिकाका अध्यक्ष श्री झग बहादुर विश्व्कर्मा ज्यूकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पालिका उपाध्यक्ष, गाउँपपालिकाका प्रमुख प्रशासकीय अधिकृत ,छ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका अन्य सदस्य, गाउँपालिकाका सम्पूर्ण कर्मचारी लगायत करिव ५० जनाको सहभागिता रहेको थियो ।

यहि चैत्र २३ गते देखि २६ गते सम्म गरी जम्मा ४ दिन सम्म सञ्चालित उक्त कार्यक्रमको सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिशिर रिजाल र ध्रुव जि.सी.ले गर्नु भएको थियो । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ को अधिनमा रही स्व-मुल्याङ्कन गरिएको छ । जसमा शासकीय प्रबन्धमा, सङ्गठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय जस्ता १० वटा मूल्याङ्कनका क्षेत्रहरू रहेका थिए ।

यसले कार्यालयको कार्यप्रकृया तथा उपलब्धीहरूको बारेमा लेखाजोखा, सबल र दुर्वल पक्षहरूको पहिचान गरी विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्न मद्दत गर्नुको साथै पालिकाले हालसम्म गरेका कार्यहरुको समिक्षा गर्ने आधार प्रदान गरी स्थानीय तहहरुलाई प्रतिस्प्रधात्मक सुधारमा अग्रसर गराइ सक्षम‍ र‍ प्रभावकारी‍ बनाउन पनि ठूलो भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ ।