ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ

  • प्रकाशित मिति : April 8, 2021
  • sthaniyasarkar.com

मोरङः मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा एक ट्याम्पु  चालकलाई लागूऔषध सहित पक्राउ परेका छन् । आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक २४ बर्षीय निखिल जोशी पक्राउ परेका हुन् ।

पक्राउ पर्नमा सुनसरी धरान १६ का जोशीले चलाई ल्याएको र सोही ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।