कर्णाली प्रदेशको प्रभाव गण्डकीमा : राजिनामा दिदै माओवादी केन्द्रका दुई मन्त्री

  • प्रकाशित मिति : April 7, 2021
  • sthaniyasarkar.com

काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् ।