गुल्मीमा कृषि ज्ञानकेन्द्रको सहयोगमा वृक्षारोपण गरिने

  • प्रकाशित मिति : April 2, 2021
  • sthaniyasarkar.com

गुल्मी– गुल्मीमा कृषि ज्ञानकेन्द्रको सहयोगमा आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिने भएको छ। जिल्लाको रेसुंगा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वृक्षारोपण गरिने भएको हो।

वन क्षेत्रमा विभिन्न जातीका विरुवाहरु रोपेर त्यसबाट आयआर्जन गर्ने उद्देश्‍यले  वृक्षारोपण गरिने भएको हो।

अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वनमारा र झाडीले भरिएको स्थानमा बिभिन्न प्रजातीका विरुवाहरु रोपण गरेर आयआर्जन गर्न लागिएको छ।

भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले अगररुडको विरुवा रोपण गरेर आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रम सुभारम्भ गरिएको छ।

वृक्षारोपण गर्दै आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रममा विभिन्न वृक्षारोपण गरेर आयआर्जन बढाउनु यसको प्रमुख उद्देश्य रहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले बताए।

नयाँ कार्यक्रम रहेकाले यस प्रभाकारी ढंगले काम गर्न समितिलाई आग्रह गरे। उनले यस कार्यक्रमले स्थानीयलाई रोजगारि समेत दिने उदेश्यले समेत रहेको बताए।

भालुपातल छहरा सामुदायिक वनका अध्यक्ष चोलराज शर्माले भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा ५० प्रतिशत र ५० प्रतिशत उपभोक्ता  समितिको गरी ५ लाखको लागतमा वृक्षारोपण गरिने बताए।

आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दाँते ओखर ३५० वटा, अलैंची ५ सय वटा, तेजपात ५ हजार वटा, अगरउड ३ सय वटा, अमृसो ७ हजार वटा, श्रीखण्ड ३ सय वटा रोपण गरिने अध्यक्ष शर्माले बताए।

वन क्षेत्रमा विरुवा रोपण गरेर आयआर्जन बढाउने प्रमुख उदेश्य रहेको शर्माको भनाई छ। अहिले वन क्षेत्रमा रहेका विभिन्न झाँडी तथा वनमाराहरु फडानी गर्ने कार्य गरिएको छ।

आगामी असारसम्म विरुवा रोपण गरिने अध्यक्ष शर्माले बताए। कार्यक्रममा रेसुंगा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनी, रेसुंगा मुसिकोट सबडिभिजिन कार्यालय गुल्मीका प्रतिनिधी घनश्याम आचार्य, स्थानीय चन्द्रकान्त भण्डारीले यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताएका थिए। आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रमको सहजीकरण कृष आचार्यले गरेका थिए।