माधवकुमार नेपाल समूहले भोजपुरमा समानान्तर कमिटी गठन

  • प्रकाशित मिति : March 31, 2021
  • sthaniyasarkar.com

काठमाडौं । नेकपा एमालेको नेता  माधवकुमार नेपाल समूहले भोजपुरमा माधव समूहको समानान्तर कमिटी गठन गरेको छ।

माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेकै दिन भोजपुरमा जिल्ला कमिटी गठन गरेको हो।

 

पार्टीको विस्तारित बैठक राखेर शरणकुमार राईको अध्यक्षतामा १७५ सदस्यीय अलग्गै कमिटी बनाइएको छ भने समानान्तर कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन भएका छन्।

राई पुनःस्थापित एमालेका सचिव हुन् । विस्तारित बैठकमा बेदुराम भुसाल, पर्शुनेगी गुरुङ, जयन्ती राई, राजेन्द्र राई र हरिबहादुर राईलगायतका नेताहरू उपस्थित थिए।