काठमाडौं। म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययन गर्दै गरेका पाँचथरका युवा व्यवसायी दीपेश बराल आइटी व्यवसायमा आबद्ध भएका छन् । परम्परागत व्यवसायलाई आधुनिक शैलीमा सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ उनले पाटनढोकामा १ बर्ष अघिबाट इपिक आइडियाज प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।
सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित इपिक आइडियाज सञ्चालनमा ल्याइएको बरालले जानकारी दिए ।
नेपाल जस्तो मुलुकमा कुनै पनि सफ्टवेयर प्रोडक्ट होस् वा आइटी प्रोजेक्ट, सुरक्षाको विषयलाई सधै अलग्याएर हेरिन्छ । त्यसको लागि छुट्टै शुल्क चार्ज गर्ने वा त्यसमै केन्द्रित भएर छुट्टै डेडिकेटेड सेवा प्रदान गर्ने गरिन्छ ।
यद्यपि पछिल्लो समय थोरै संख्यामा किन नहोस् गुणस्तरसँगै सुरक्षालाई पनि सेवा प्रदायक कम्पनीहरुले सँगै लिएर जान थालेका छन् । नगन्य संख्यामा रहेका यस्ता कम्पनीमध्ये इपिक आइडियाज प्राइभेट लिमिटेड पनि एउटा हो ।
वेब डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, सर्च ईन्जिन अप्टिमाइजेसन, ब्राण्डिङदेखि लिएर सेक्युरिटीसम्मको सेवा प्रदान गर्ने इपिक आइडियाजले एउटै छातामुनी रहेर अल ईन वान प्याकेजको सेवा प्रदान गर्दछ ।
‘हाम्राे सेवा भनेकाे अल ईन वान प्याकेज हो,’ दीपेश भन्छन्, ‘वेब तथा मोबाइल एप्लिकेसन डेभलपमेन्टदेखि नेटवर्किङ सम्बन्धी काम, कम्पनीको सर्भर ह्यान्डलिङ तथा व्यवस्थापन, साइबर डिफेन्स, ईथिकल ह्याकिङ, पेनिट्रेसन टेस्टिङ लगायतका सबै काम हामी आफैं गर्छौं ।
एकै छतमुनी धेरै सेवा प्रदान गर्ने भएको कारण इपिकबाट सेवाग्राहीहरुले अतिरिक्त सुविधा पनि थप पाउन सक्ने दीपेश बताउँछन् ।‘कसैले हामीसँग वेब डेभलपमेन्ट गराउनुभयो भने डिजिटल मार्केटिङको प्याकेज चाहिँ अतिरिक्त सेवाको रुपमा नि:शुल्क प्रदान गर्छौं।’
अधिकांश वेब डेभलपमेन्ट कम्पनीहरुले एप विकास गरिसकेपछि अरु कुरा बेवास्ता गर्छन्, तर इपिक आइडियाजले कस्टरमलाई आफ्टर सेल्स सर्भिसका साथै अतिरिक्त सेवादेखि परामर्श सेवासम्म दिने उनी बताउँछन् । छोटो समयमानै इपिकले एक सय पचास भन्दा धेरै वेेेबसाईट बनाइसकेको छ ।
म्यानेजमेन्टमा स्नातकोत्तर तह अध्यन गर्दै गरेका दीपेश बराल इपिक आइडियाजका संस्थापक तथा सीईओ हुुन । गुणस्तरीय सेवाकै कारण इपिक आज ठूला ठूला कर्पोरेट हाउसहरुको विश्वास जित्न सफल भएको छ । यद्यपि ठूला संस्थानलाई मात्र इपिकले सेवा प्रदान गरिरहेको छैन । कम्पनीसँग विभिन्न स्तरका प्रोडक्टहरु भएको दीपेशले बताए । हाल उदयीमान अवस्थामा रहेका ईकमर्स प्लेटफर्महरुका लागि पनि कम्पनीले विशेष सेवा तथा प्रोडक्ट बनाइरहेको उनले जानकारी दिए ।