प्रदेश १ माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो चयन

  • प्रकाशित मिति : March 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं । प्रदेश १ दलको नेतामा नेकपा माओवादी केन्द्रले ईन्द्रबहादुर आङबोलाई चयन गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले आङ्बोलाई दलको नेतामा चयन गरेको हो ।

तत्कालीन नेकपाको दाहाल-नेपाल समूहबाट मुख्यमन्त्री शेरधन राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्दै आङबोले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आजको संसदीय दलको बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र दलको सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

दलका उपनेता टंक आङबोहाङले माओवादी केन्द्र छोडेर एमाले गएपछि अहिले माओवादी केन्द्रसँग १५ सांसद छन् ।

आङबुहाङ हालसालै विस्तार गरिएको मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समस्यामा रहेका मुख्यमन्त्री राई निर्देशन दिएपछि नेकपा एमालेकै माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरिसकेको छ ।