पिकनिक गएका वडाध्यक्षको मृत्यु

  • प्रकाशित मिति : March 27, 2021
  • sthaniyasarkar.com

कञ्चनपुर । कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका– ५ का वडाध्यक्ष चन्दको पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले बताएको छ।

शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका– ६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।

‘त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ। सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले भने।

घाँटीमा समस्या देखिएपछि उनलाई महाकाली अस्पताल पुर्‍याउँदा अस्पतालले मृत्त घोषणा गरेकोथियो।

घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।