पथरी शनिश्चरे, १४ चैत,मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले योजनाहरुको अनुगमनलाइ निरन्तरता दिने क्रममा आज वडा नम्बर ४ को योजना अनुगन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले पिपल चोकहुँदै वर्गचोक जाने बाटोमा कल्भर्ट निर्माण कार्यको अनुगमन् गरेको हो ।
वडा कार्यालयको ६ लाख रुपैयाँको बजेटमा कल्भर्ट निर्माणका साथै कल्भर्ट आसपासको क्षेत्रको केही भाग बाटो ग्राभेल समेत गरिएको छ ।