स्थानीय तहका सम्पूर्ण कर्मचारीलाई तत्काल सिटरोल भर्न सरकारको अनुरोध

  • प्रकाशित मिति : March 26, 2021
  • sthaniyasarkar.com

सरकारले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई तत्काल वैयक्तिक विवरण फाराम अर्थात सिटरोल भर्न आग्रह गरेको छ । सरकारी कर्मचारीहरुको अभिलेख राख्दै आएको राष्ट्रिय किताबखानाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५ ०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीलाई तत्काल सिटरोल भरी पेस गर्न आग्रह गरेको हो ।
सूचनामा यसअघि संघमा कार्यरत रही कर्मचारी सङ्केत नम्बर प्राप्त गरी सकेका र अहिले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीमध्ये कतिपय कर्मचारीले अहिलेसम्म पनि सिटरोल भरी राष्ट्रिय किताबखानामा पेस नगरेको कारण भर्न बाँकी कर्मचारीहरूलाई पाँचप्रति सिटरोलसाथ संलग्न गर्नुपर्ने आवश्यक कागगजातहरु संलग्न गरी पेस गर्न भनेको हो । सिटरोल भर्न बाँकी कर्मचारीलाई पाँचप्रति सिटरोलसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजात संलग्न गरी पेस गर्न आग्रह गरिएको छ ।

साभार: इकर्मचारी