संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलये स्थानीय तहमा कर्मचारीको सरुवा यथावत राख्ने

  • प्रकाशित मिति : March 15, 2021
  • sthaniyasarkar.com

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलये स्थानीय तहमा कर्मचारीको सरुवा यथावत राख्ने निर्णय गरेको छ ।

 

आइतबारको मन्त्रीस्तरीय निर्णयमा लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति पाएका कर्मचारीको सरुवा यथावत राखेको हो ।२९ माघमा मन्त्रालयले लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेको थियो ।

 

त्यसका लागि दोहोरो सहमति आवश्यक पर्ने भएपछि अब उक्त प्रक्रिया नै खारेजीमा परेको मन्त्रालयले जनाएको छ । सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदपूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्ध गरेको हो ।