काठमाणडौं महानगरपालिकाका सहायक स्तरका कर्मचारीहरूको समायोजन पत्र एक साताभित्र उपलब्ध गराइने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘सकारात्मक आचरण नेतृत्व विकास तालिम’को शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कर्मचारीले जुनसुकै परिस्थितिमा पनि ‘पदीय दायित्व, सेवा भाव र आदेशको सृङ्खला’ बाट विमुख हुनु नहुने बताउँदै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले माथिल्लो पदको अधिकारीसँग र नागरिकसँग सदैव जिम्मेवार बन्न आग्रह गरेका छन् । साविक स्थानीय निकायबाट सेवा प्रवेश गरेकालाई १ तह माथिको पदमा समायोजन गर्न महानगरले कानुन बनायो ।
त्यसबाट पदोन्नति भएको हो । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘अब थप सकारात्मक सोच, हँसिलो अनुहार र कामप्रतिको जिम्मेवारीबाट महानगरका कार्यक्रम कार्यान्वयन हुने अपेक्षा छ ।’ काठमाडौं महानगरमा कार्यरत १५ सय ५० कर्मचारीलाई १ तह माथिको पदमा समायोजन गरिएको छ । फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन- २०७७’ बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो ।
माघ २३ गते बसेको ५६औं कार्यपालिका बैठकमा पेश भएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो । विशेष नगरसभामा समितिले विधेयक पेश गरेको थियो । समायोजन भएका अधिकृत स्तरदेखि माथिल्लो दर्जाका कर्मचारीलाई फागुन २४ गते पत्र दिइसकिएको छ । सहायकस्तरका कर्मचारीको पत्र तयार भइरहेको जानकारी दिँदै ज्ञवालीले हप्ताभित्र दिइसकिने बताए ।