अब कांग्रेस र देश बनाउने जिम्मा युवाको काँधमा – डा. शेखर

  • प्रकाशित मिति : March 11, 2021
  • sthaniyasarkar.com

 

 

झपाको गौरादहमा नेपाल ठाकुर समाजको जिल्ला अधिबेशन उदघाटन गर्न, नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्न र नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व राट्रिय सभा सदस्य डा. शंकर उप्रेतीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला अहिले झापा पुगेका छन् ।

डा. शेखर कोइरालासँगै नेपाली कांग्रेसका जुझारु, परिवर्तनका शंबाहक र समाजबादी चिन्तक नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, गुरुराज घिमिरे, नेपाली कांग्रेस झापाका जिल्ला सभापति उद्धव थापा, आमन्त्रित केन्द्रीय सदस्य दिलिप राई लगायतका युवा नेताहरुले समसायिक राजनैतिक बिषय र नेपाली कांग्रेसको चौधौं अधिबेशनमा युवाहरुको सहभागिताका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । अगुवा कार्यकर्ता भेलामा नेपाल बिद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, मजदुर युनियन लगायतका नेपाली कांग्रस आबद्ध बिभिन्न पेशागत संघसंगठनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दमक तथा गौरादहमा आयोजित कार्यक्रममा बोल्दै नेता डा. शेखरले अबको नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने जिम्मा युवाहरुको काँधमा आएको बताए । अहिले पनि नेपाली कांग्रेसका युवाहरुको काँधमा दोहोरो जिम्मेवारी रहेको बताउँदै कोइरालाले नेपाली कांग्रेसले सधैं ब्यवस्था परिवर्तन र परिवर्तित ब्यवस्था जोगाउनमै आफ्ना सम्पुर्ण  शक्ति लगाउनु परिरहेको बताए ।

कृषि तर्फ सरकारले ल्याउन लागेको कृषिमा बिदेशी लगानी सम्बन्धि अध्यादेशले सिमान्तकृत तथा साना किसानहरुलाई बिचल्ली बनाउने तर्फ संंकेत गर्दै कोइरालाले कृषिमा बिदेशी लगानीको उदाहरण अहिले भारतमा ६ महिनादेखि भैरहेको किसान आन्दोलन हेरे पुग्छ भन्दै त्यसको बिरोध गर्न जरुरी रहेको बताए ।

उनले देशमा राजनैतिक स्थिरता आउन नसक्नु नै देश विकासको मार्गमा अग्रसर बन्न नसकेको यथार्थतालाई नेपाली कांग्रेसका युवाशक्तिले अब बुझ्नु जरुरी भैसकेको बताए । अबको नेतृत्व युवाको काँधमा भन्ने मुल नारालाई नेपाली कांग्रेसले अंगिकार गर्नुपर्ने बताउनुहुदै नेता डा. कोइरालाले वडा, गाउँ, नगर, प्रदेश र केन्द्रमा ६०५ भन्दा बढी युवाहरुको सहभागिता रहेको आफुले हेर्न चाहेको बताए ।

भावी सभापतिको प्रत्यासीका रुपमा अगाडि आएका नेता कोइरालाले अगाडि भने, अब तपाईहरु ढुक्क हुनुस् देश तथा विदेशमा भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अन्याय र एक्लो भएको अनुभव हुन दिन्न । आफु नेपाली कांग्रेसको सभापति एक पटकको लागि मात्र बन्ने र पार्टी सभापतिले पार्टी चलाउने अनि प्रधानमन्त्रीले देश चलाउने परिपार्टीको बिकास गराउने आफ्नो योजना रहेको बताए ।

उनले वडादेखि केन्द्रसम्मको नेतृत्वमा महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य गराउने संकल्प समेत गरे । नेकपा फुट्यो अब नेपाली कांग्रेस बलियो र ठूलो पार्टी भयो भनेर सानो सोचाई त्यागेर नेपाली कांग्रेसलाई कसरी एकजुट बनाउने हो त्यसतर्फ लाग्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

नेपाली कांग्रेसको महाधिवेशन तर्फ ईंगित गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी पार्टी सभापतिका दाबेदार कोइरालाले भने “समयमै महाधिवेशन हुन नसके हाम्रो हबिगत पनि वर्तमान नेकपाको जस्तै हुनसक्छ, अदालतले त निर्णय गर्न सक्ने रहेछ नी त । त्यसैले सोचौं, गम्भिर बनौं । मेरो सोचाईमा अधिबेशन जति सकिन्छ छिटो गरौं, सकिदैन भदौ भित्रै गरौं । अबको अधिबेशनबाट जुन नेतृत्व आउँछ त्यसले सरकार हाँकेर चुनावमा अगाडि जान सक्यौं भने नेपाली कांग्रेसलाई कसैले पनि हराउन सक्दैन ।मुलुकमा रहेका महिला, युवा र उर्जाशिल ब्यक्तित्वहरुलाई उद्यमशिल कसरी बनाउने तर्फ हामी अगाडि बढनु पर्छ भन्ने कुरालाई जोड दिंदै नेता कोइरालाले भने :– आम नेपालीलाई कसरी आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउने तर्फ नेपाली कांग्रेसले अब तत्काल पहल शुरु गर्नु पर्छ । कृषि तर्फ सरकारले ल्याउन लागेको कृषिमा बिदेशी लगानी सम्बन्धि अध्यादेशले सिमान्तकृत तथा साना किसानहरुलाई बिचल्ली बनाउने तर्फ संंकेत गर्दै कोइरालाले कृषिमा बिदेशी लगानीको उदाहरण अहिले भारतमा ६ महिनादेखि भैरहेको किसान आन्दोलन हेरे पुग्छ भन्दै त्यसको बिरोध गर्न जरुरी रहेको बताए । नेपाली कांग्रेस भित्र किसान संघ भए पनि त्यसको नेतृत्व शुन्य अवस्थामा रहेको भन्दै नेता कोइरालाले १३ बर्षसम्म किसान संघको अधिबेशन गर्न के ले रोक्यो ? भन्दै प्रतिप्रश्न गरेका थिए ।सामाजिक सुरक्षा र सामाजिक न्यायका बिषयमा आफ्नो धारणाहरु राख्दै कोइरालाले भने स्वास्थ्य र शिक्षामा राज्यले अझै धेरै गर्न बाँकी रहेको छ । म एउटा कुरामा हाम्रा नेताहरुसँग कहिल्यै सहमत हुन सक्दिन कि हामीले खोलेका अस्पतालहरुमा सामान्य नागरिकहरु उपचार गराउन जानै नसक्ने अवस्थाका महङ्गा किन भए ?? विद्यालयको फि तिर्न नसक्ने गरिकन महङ्गा विद्यालयहरु कसरी खडा भए ?? उनले आक्रोस व्यक्त गर्दै अगाडि भने हामीले जननायक विश्वेश्वर प्रसाद कोइरालाको पार्टी भन्ने अनि महङ्गा अस्पताल र महङ्गा स्कूल कलेज खोल्ने ?? जननायक वि.पि.कोइरालाको भनाई उद्घृत गर्दै नेता डा. कोइरालाले थपे, वीपीले पैसाको अभावमा कुनै पनि नेपाली औषधि उपचार गर्न नपाएर मर्नु नपरोस्, र पैसाकै अभावमा कुनै पनि नेपाली नागरिकका छोराछोरीहरु अध्ययनबाट बञ्चित हुन नपरोस्, यो कुरालाई कांग्रेसले अत्यन्तै गम्भिर ढंगले सोचेर सामाजिक न्याय र सामाजिक सुरक्षाका आधारमा सोचेर अगाडिबढन सक्याे भने नागरिकलाई सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने कुराकाे विश्वास दिलाए । नेपाली कांग्रेसलाई पुरानै अवस्तामा पुर्याएर मात्रै आफुले विश्राम लिने भन्दै अब नेपाली कांग्रेस बिधि र बिधानमा चल्ने कुरा समेत दोहोर्याएका छन् ।