दोश्रो पन्चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता जिसस प्रमुख सन्तमान तामाङ द्वारा समापन।

  • प्रकाशित मिति : March 9, 2021
  • sthaniyasarkar.com

विदुर । नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिताको उपाधी दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ ।
सोमबार पञ्चकन्या गाउँपालिका ‘ए’ र दुप्चेश्वर गाउँपालिका बिच फाइनल खेल भएको थियो । पाँच सेटमा खेलाइएको फाइनल खेलमा दुप्चेश्वर गाउँपालिकाले ३ सेट र पञ्चकन्या गाउँपालिका ‘ए’ ले २ सेटमा जित हासिल गरेको थियो ।                                                                                                                                पञ्चकन्या गाउँपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विजेता दुप्चेश्वर गाउँपालिकाले१ लाख रुपैयाँ, द्धितीय हुने पञ्चकन्या ‘ए’ ले ७५ हजार रुपैयाँ, तृतीय हुने म्यागङ गाउँपालिकाले ५० हजार रुपैयाँ र सान्तोना हुने पञ्चकन्या ‘बि’ ले १५ हजार रुपैयाँ प्राप्त गरेका छन।

“आरोग्यता र समृद्धिका लागि खेल” भन्ने उद्घोषका साथ सञ्चालित उक्त प्रतियोगिताको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले `भौतिक पक्षमा हुने सुधारलाई मात्रै विकास मान्ने गरिएकोले मानव विकासलाई पनि भौतिक विकाससँगै अघि बढाउनु आवस्यकता रहेको बताउनुभएको छ´ । भौतिक विकासलाई प्रयोग गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु अहिलेको चुनौती रहेको उहाँको भनाई छ । त्यस्तै प्रमुख सन्तमान तामाङले देश संघियतामा गएसँगै स्थापना भएका स्थानीय तहहरुले खेल क्षेत्रको विकासमा गरेको लगानीले खेल प्रेमी युवाहरुलाई खेल क्षेत्रमा नै भविष्य बनाउन प्रेरित गर्ने उद्देश्य सहित विभिन्न योजनाहरु बनाइरहनु भएको जिल्ला समन्वय समितीका प्रमुखका स्वकिय सचिब शक्तिमान तामाङले स्थानीय सरकार लाई बताउनु भएको छ।