सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा

  • प्रकाशित मिति : March 8, 2021
  • sthaniyasarkar.com
Prachanda Madhav

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा फर्किएका छन्।

उनले सोमबार काठमाडौंमा पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेर आफु प्रचण्ड–नेपाल समूहमै फर्किएको घोषणा गरेका हुन्।

पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशी पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली समूहमा लागेका थिए।

सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन्।