जनता आवास कार्यक्रमअन्तर्गत तनहुँका १०स्थानीय तहमा गरी २८६ घर निर्माणाधीन अवस्थामा रहेका छन्। पूर्वाधार विकास कार्यालयका अनुसार चार नगरपालिका शुक्लागण्डकीमा ६३, व्यासमा ४४ भिमादमा ३५, भानुमा ३५ रहेका छन्। त्यसैगरी छवटा गाउँपालिका घिरिङमा २५, म्याग्देमा २२, देवघाटमा २१, ऋषिङमा १५, बन्दीपुरमा १३ र आँबुखैरेनीमा १३ घर निर्माण भइरहेका छन्।
निर्माणका क्रममा रहेका घरको ५० प्रतिशत काम पूरा भइसकेको कार्यालयका इंजीनीयर विजय अधिकारीले जानकारी दिए।जनता आवास कार्यक्रमको सदस्य सचिवसमेत रहेका उनले रकम भुक्तानीका लागि संघिय सरकारले पर्याप्त बजेट नपाएकाले घर निर्माण कार्य प्रभावित भएको बताए।
रु एक करोड ३९ लाख मात्रै बजेट निकासी भएको छ। उनले भने, ‘करीब रु दुई करोड थप रकम भुक्तानीका लागि आवश्यकपर्ने देखिएको छ।’जग खनेपछि रु ८३ हजार १२५, डिपिसी गरेपछि दोस्रो किस्ता रु ९९ हजार ७५०, गारो मेटाएपछि तेस्रो किस्ता रु एक लाख १६ हजार ३७५ र निर्माण पूरा भएपछि अन्तिम किस्ता रु ३३ हजार २०० प्राप्त गर्ने प्रावधान रहेको छ।
कार्यक्रमअन्तर्गत घर निर्माण भएका अल्पसङ्ख्यक, सिमान्तकृत, पिछडिएका, दलित समुदायले रु तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने प्रावधान रहेको छ। जनता आवास कार्यक्रमले घर निर्माणका लागि सहयोग गरेपछि खुशी लागेको व्यास नगरपालिका–१ भादगाउँका खुमबहादुर दरैले बताए।
खरको छानामुिन बाँसले बारेको घरमा बस्नुपरेको थियो। उनले भने, ‘घर बनेपछि हावाहुरी र पानी वर्षा हुँदा कठिनाइ भोग्दै आएको समस्याको अन्त्य हुने विश्वास गरेको छु।’