२३ फागुन, शुक्रवारवाट नुवाकोटको कबिलासमा अन्तरपालिका स्तरीय दाेस्राे ‘पञ्चकन्या चेयरमेन कप’ भलिवल प्रतियाेगिता २०७७ सुरु भएको छ । “आराेग्यता र समृद्धिका लागि खेलकुद” भन्ने मूल नाराका साथ अघिल्लो बर्षदेखी सुरु भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितालाई यसपाली पनि निरन्तरता दिईएको आयोजक पञ्चकन्या गाउँपालिकाले जनाएको छ। विभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि पुरानिडाँडास्थित कालिका माबिको खेलमैदानमा आयोजित प्रतियोगीताको प्रतिनिधिसभा सदस्य हितवहादुर तामाङले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पुर्व युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका तामाङले खेलाडी राष्ट्रका गहना भएको बताउँदै जिल्लावाट सक्षम र नयाँ खेलाडीहरुको उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो । चार दिन सम्म संचालक हुने प्रतियोगितामा जिल्ला का सम्पुर्ण पालिका का टिमको सहभागी रहने छ।प्रतियोगिताका विजयीहरुले क्रमशः नगद १ लाख, ७५ हजार्, ५० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन ।
२४ गते हुने समापन समारोहमा जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङलाई प्रमुख अतिथीको रुपमा बोलाइएको जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङको स्वकिय सचिब शक्तिमान तामाङले जानकारी दिनुभयो।