कपिलवस्तु– विकासको हिसाबले पछाडि परेको कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले नगरस्तरीय सडकलाई हिलोमुक्त बनाउने भएको छ ।
नगरपालिकाको आठौँ नगरसभामा उपस्थित जनप्रतिनिधि र कर्मचारीसँग नगरप्रमुख अब्दुल कलामले हिलोमुक्त अभियानका लागि सडक कालोपत्रे र पिसीसी ढलानका योजना अगाडि सारिएको जानकारी दिए ।सडक निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको उनको भनाइ छ । महाराजगञ्जभित्रका सडक सञ्जालको विकासका लागि वडा–वडामा पिसीसी सडक निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।