ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

  • प्रकाशित मिति : March 5, 2021
  • sthaniyasarkar.com

काठमाडौँ। आज (शुक्रवार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुलेको छ ।

यसअघि फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासन गर्ने भनिए पनि आजैबाट ६६ लाख कित्ता आईपीओ निष्काशन गरिएको हो

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले जनाएको छ ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।