पथरी शनिस्चरे नगरपालिकाको रेबिजमुक्त नगरपालिका बनाउने अभियान सुरु

  • प्रकाशित मिति : March 4, 2021
  • sthaniyasarkar.com

पथरीशनिस्चरे ।  मोरङ को पथरिशनिस्चरे नगरपालिकाले रेबिजमुक्त नगरपालिका बनाउने उद्देश्य ले नगर सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम ल्याउने भएको छ। नगरपालिका बाट एक सुचना जारी गरि, हार्ट नेपाल को प्राबिधिक सहयोग र पथरिशनिस्चरे नगरपालिका,पशुपन्छी शाखा को आयोजनामा यहि फाल्गुन २१ गते बाट २६ गते सम्म संचालन हुने उल्लेखित छ।

साथै हार्ट नेपाल लेखिएको गाडि सामुदायिक कुकुर संकलन गर्नका लागि आउने भएकाले टोलिलाइ सहयोग पुर्याउने कार्यमा नगरमा बसोबास गर्ने आम नागरिक,व्यावसायि,कर्मचारी ,जनप्रतिनिधि , नागरिक समाज सबैमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरिएको छ।