फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ-प्रचण्ड

  • प्रकाशित मिति : February 4, 2021
  • sthaniyasarkar.com

२२ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।
यसै क्रममा आन्दोलनको निरीक्षणका लागि सादोबाटो पुगेका  नेकापा का अध्यक्ष प्रचण्ड ले फागुन पहिलो साता बाट संयुक्त आन्दोलन हुने बताएका छन।उनले पत्रकारसँग बोल्दै भनेका छन ‘ हामीलाई बन्द हडताल गने रहर थिएन ,तर संविधान रक्षाका लागि बाध्यता रहेको बताएका छ्न।’ उनले थप स्पष्ट पार्दै भने ‘ जसरी संविधान मिच्ने काम गरेको छ,दिउसै रात पार्ने काम गरेको छ, लोकतन्त्र माथी प्रहार भएको छ त्यसको बिरोधमा सबै राजनीतिक दल,नागरिक समाज,पत्रकार ,बुद्धिजीवी ,साहित्यकार ,कलाकार सवै सडकमा उत्रिएका छन ,सबै को बिरोध छ।यस्तो बेला सरकारले आफै जुलुस निकाल्ने भनेको पन्चर्याली को झझल्को मात्र हो। अझैपनि के पि शर्मा ओलि ले आफुले चालेको गैरसंवैधानिक कदम नसच्याए र आफू नसच्चिए फाल्गुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ।’