स्वास्थ्य सामग्री खरिद प्रकरण : अनियमितता भएको लेखाको ठहर,छानविनका लागि अख्तियार पठाउने निर्णय

  • प्रकाशित मिति : December 18, 2020
  • sthaniyasarkar.com

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरण छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग छलफलपछि सामग्री खरिदमा अनियमितताका विषयमा छानविनका लागि अख्तियार पठाउने निर्णय गरेको हो । खरिद प्रक्रियामा प्रश्न उठेकाले छानविन आवश्यक भएको समितिको ठहर छ ।

समितिको आजको बैठकमा उपस्थित भएका स्वास्थ्यमन्त्री ढकालले हतारमा सामग्री ल्याउनुपर्ने अवस्थामा स्वास्थ्य सामग्री ल्याउँदा महँगो मूल्य पर्न गएको बताएका थिए । उनले मन्त्रालयले सामग्री खरिदमा कुनै अनियमितता नगरेको प्रष्ट पारेका थिए ।