संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

  • प्रकाशित मिति : December 18, 2020
  • sthaniyasarkar.com

काठमाडौं – संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका रिटमा शुक्रबार सुनुवाइ नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाइ नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रहेका ती दुबै रिट शुक्रबार हेर्न नभ्याइने भएको हो।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट दायर गरेका थिए।

उनले आफूलाई सचेत नागरिक र कानून व्यवसायीको हैसियतमा संवैधानवाद, संवैधानिक लोकतन्त्र, मानव अधिकार, सुशासनसँग सम्बन्धित सार्वजनिक सरोकारका अभियानमा सक्रिय नेपाली नागरिक भन्दै रिट दायर गरेका बताएका छन् ।

रिटमा उनले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्, संवैधानिक परिषदका अध्यक्ष, सचिवालय र त्यसको सदस्य सबैलाई उनले प्रतिपक्ष बनाएका छन् ।